scheduleशुक्रवार श्रावण ३ गते, २०७६

लिबिया आक्रमण निन्दनीय : राष्ट्रसंघ

 

काठमाडौं, १९ असार । संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनले लिवियाको राजधानी त्रिपोलीको पू्र्वमा रहेको ताजऔरा हिरासत केन्द्रमाथि भएको आक्रमणको भत्सर्ना गरेको छ ।

मंगलबार ताज‍‌औरा हिरासत केन्द्रमा भएको आक्रमणमा परी एक नेपालीसहित सयौँ मानिसको मृत्यु  भएको थियो ।

ताजौरामा महिला र बालबालिकाहरू सहित करिब ६०० आप्रवासी र शरणार्थीहरू थिए, संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएका छन् ।

‘संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठनले भन्दै आएको छ कि भूमध्य सागरमा पक्राउ परेका (युरोप जान लागेका) आप्रवासी तथा शरणार्थीहरूलाई लिविया फिर्ता गरिनु हुँदैन किन भने उनीहरूलाई त्यहाँ खतरा छ,’ दुई संस्थाले जारी गरेको वक्तव्यमा भनिएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob