scheduleबुधवार श्रावण ८ गते, २०७६

बोक्सीको आरोप लगाउने पीडा दिने दुई महिला पक्राउ


वालिङ, १९ असार । बोक्सीको आरोप लगाउने दुई महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । एक महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पीडा दिएको जाहेरी बुधबार वडा प्रहरी कार्यालय वालिङमा परेपछि प्रतिवादीहरु दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।

नायब उपरीक्षक भण्डारीका अनुसार तनहुँ बन्दीपुर नगरपालिका–६ घर भई पोखरा १६ बस्ने ३३ वर्षीया सोममाया गुरुङ र चापाकोट नगरपालिका–२ बस्ने वर्ष २५ वर्षीया चन्द्रकला थापा पक्राउ परेका हुन् । पक्राउ परेका दुई महिलाले ३८ वर्षीया एक महिलालाई मङ्गलबार बोक्सीको आरोप लगाई गालीगलौज तथा पीडा दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

प्रतिवादी दुवैलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा ‘भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर’ अपमानजनक वा अमानवीय व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob