scheduleबुधवार मंसिर ४ गते, २०७६

सुत्केरीलाई ‘कुखुरा र घिउ’


पर्वत, १९ असार । पर्वतको विकटमा रहेको महाशिला गाउँपालिकाले सुत्केरी महिलालाई कुखुरा र घीउ उपहार दिन सुरु गरेको छ । सुत्केरी महिला र बच्चाको स्वास्थ्यका लागि गाउँपालिकाले ‘अध्यक्ष कोसेली कार्यक्रम’ अन्तरगत कुखुरा र घिउ दिन सुरु गरेको हो ।

गाउँपालिका भित्रका सबै वडामा लागु हुने गरि गाउँपालिकाले यो कार्यक्रम शुरु गरेको छ । कार्यक्रम अन्तर्गत सुत्केरीको घरमा पुगेर दुई हजारको घिउ र कुखुराको भाले दिने कार्यविधि रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

सुत्केरी हुँदा महिलाले पौष्टिक आहारा नपाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याइएको पौडेलले बताए । यस्तै गाउँपालिकाले जिरो होम डेलीभरी कार्यक्रम पनि शुरु गरेको छ । स्वास्थ्य संस्थामा मात्रै प्रसुती सेवा लिने गरि सबै पूर्वाधार तयार पारिएको र अबदेखि घरमा हुने सुत्केरी संख्या शुन्यमा झार्ने लक्ष्य लिइएको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए ।

गाउँपालिकामा जनप्रतिनिधि आउनुपुर्व लुंखु प्राथमिक स्वास्थ्य केन्द्र र होस्राङ्गदी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ्ग सेन्टर रहेका थिए । जनप्रतिनिधी आएपछि थप ४ वटा वडामा गाउँपालिकाले नै बर्थिङ्ग सेन्टर स्थापना गरेको छ ।

गाउँपालिकाले दिएको जानकारी अनुसार सरदर ८० जना सुत्केरी हुने गरेकोमा सबै स्वास्थ्य संस्थामा नै पुगेका छन् । गाउँकै स्वास्थ्य चौकीमा यो सुबिधा भएका कारण पनि घरमा सुत्केरी गराउने चलन हटेको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage