scheduleआइतवार श्रावण ५ गते, २०७६

जुन महिनामा रिलिज भएका यी दुई फिल्मले २०० करोडभन्दा बढीको कमाई गरे

काठमाडौँ, २० असार । दुई हप्ता अगाडि रिलिज भएको फिल्म कबिर सिंहले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको छ ।

पहिलो दिन २० करोडभन्दा बढीको कमाई गरेको यस फिल्मले दुई हप्तामा २०६ करोडको कमाइ गर्न सफल भएको छ । त्यस्तै जुन पाँचमा रिलिज भएको सलमान खानको फिल्म भारतले हालसम्म २१० करोडको कमाइ गर्न सफल भएको छ । फिल्म समिक्षकहरुका अनुसार कबिर सिंहले भारतलाई पछि पार्नेछ ।

साहिद कपुरको प्रमुख भुमिका रहेको यो फिल्म तेलुगु फिल्म अर्जुन रेड्डीको रिमेक हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob