scheduleसोमवार आश्विन ६ गते, २०७६

ग्लोबल आइएमई र जनता बैंक मर्ज हुने

काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर शुरु भएको छ ।

असार १४ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएलगत्तै मर्जर सुरु भएको हो ।

यसै क्रममा शुक्रबार दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने औपचारिक सहमति गरेका छन् । शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मर्जरमा जाने सहमति गरेका हुन् ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बन्ने बैंकको नाम ग्लोबम आईएमई नै राख्ने सहमति समेत भएको छ । प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका सिइओ पर्शुराम कुँवर रहनेछन् भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage