scheduleशनिवार आश्विन ४ गते, २०७६

बानी परेकाहरुले मास्क लगाउनुहोस्, स्वास्थ्यलाई फाइदा नै हुन्छः प्रम ओली

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाउनु नपर्ने भएको छ भन्ने आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् । उनले मास्क लगाउँदा स्वास्थ्यलाई फाइदै हुने बताए ।

राजधानीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘मैले काठमाडौंमा पहिले भन्दा अहिले धुलो निकै कम भएको छ भनेको हुँ, अब कसैलाई मास्क लगाउने बानी परेको छ भने, लगाइराख्नुहोस । मास्क लगाउँदा स्वास्थ्यलाई फाइदै हुन्छ ।’

अब कसैले मास्क लगाउनु पर्दैन भन्ने आफ्नो भनाईको मजाक उडाइएको भन्दै यस्तो जवाफ दिएका हुन् ।

के भने ओलीले ?

  • सरकारको काम देखेर मानिसहरु अताल्लिन थालेका छन् । प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर मानिसहरु अताल्लिन थालेका हुन् ।
  • सरकारका आलोचकलाई खासै केही भन्नुछैन । चुनाव पनि नजित्नु, आलोचना गर्न नपाउनु पनि हुन्छ ? हुँदैन ।
  • अहिले मास्क नलगाएर पनि हिँड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ ।
  • मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन ।
  • मुलबाटो मात्र पिच गर्दा सहायक सडकहरुबाट धुलो आउने गर्छ । सिंगो काडमाडौैं उपत्यकालाई कालोपत्रमय बनाउन जरुरी छ ।
  • २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको छ । थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरिएको थियो तर अर्बौं खर्च भनेर हावा कुरा गरियो ।
  • मेची महाकालीका दुई तिहाई अटाउन सक्ने, एक दुई जना अटाउन नसक्ने हुन्छ ? आत्मकेन्द्रित भएर नबस्नुस्, आउनुस् । बाबुरामजी मात्रै होइन, सिंगो समाजवादी नै एकतामा आए हुन्छ ।
  • कसैलाई चाहिन्छ भने म लेखेर दिन्छु, यो पार्टी फुट्दैन । किनकी हामीले फुट्नलाई होइन, जुट्नलाई एकता गरेको हो ।
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage