scheduleबुधवार मंसिर ४ गते, २०७६

सुत्केरी महिलालाई ‘ध्यू र कुखुरा’, सुत्केरी भैंसीलाई ५ सय भत्ता

पर्वत, २० असार । जिल्लाको महाशिला गाउँपालिकाले सुत्केरीका लागि ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरेको छ ।

स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने कामलाई प्रोत्साहित गर्न गाउँपालिकाले यो कार्यक्रम थालनी गरेको हो । कार्यक्रम अन्तर्गत गाउँपालिकाका अध्यक्षले प्रत्येक स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएकाहरुलाई कोसेलीसहित भेट्ने छन् ।

कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई दुई हजार रुपैयाँ बराबरको घ्यू र कुखुरा कोसेली दिइनेछ ।

महाशिला गाउँपालिकाका ६ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ्ग सेन्टर स्थापना गरिएको छ । जनप्रतिनिधि आउनुपूर्व भने दुई स्वास्थ्य चौकीमा मात्रै बर्थिङ्ग सेन्टर थिए ।

महाशिला गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई मात्रै होइन, पाडापाडी हुर्काउने कृषकलाई समेत भत्ता दिने निर्णय गरेको छ ।  भैंसी ब्याएपछि पाडापाडी काटेर खाने चलन हटाउन कृषकलाई ५०० रुपैयाँ ‘भैसी सुत्केरी भत्ता’ स्वरुप दिने निर्णय  गरिएको हो ।

गाउँपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउन पाडापाडी संरक्षण जरुरी रहेको गाउँपालिकाले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage