scheduleशनिवार आश्विन ४ गते, २०७६

इमरान ताहिरले गरे सन्यासको घोषणा, अष्ट्रेलियाविरुद्ध अन्तिम खेल खेल्ने

म्यानचेस्टर, २० असार । दक्षिण अफ्रिकाका चर्चित स्पिनर इमरान ताहिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनी विश्वकपमा अष्ट्रेलियाविरुद्ध शनिबार हुने अन्तिम खेलपछि अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट बिदा हुने भएका हुन् ।

इङ्गल्याण्ड र वेल्समा जारी १२औं विश्वकपको ४५औं खेल दक्षिण अफ्रिकाका स्पिनर इमरान ताहिरका लागि सम्झनायोग्य हुनेवाला छ । उक्त दिन दक्षिण अफ्रिकाले जारी विश्वकपको अन्तिम लिग खेल अष्ट्रेलियाको विरुद्ध खेल्दैछ । यसका साथै उक्त खेल इमरान ताहिरका लागि अन्तिम वनडे म्याच हुनेछ ।

किनकी, इमरान ताहिरले वनडे क्रिकेटबाट सन्यास लिने तयारी गरिरहेका छन् र उनले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटबाट बाईबाई गर्ने मानसिकता बनाएका छन् । उक्त खेल उनको १०७औं एकदिवसीय खेल हुनेछ ।

दक्षिण अफ्रिकाका जादुगरी लेग स्पिनर इमरान ताहिरले भनेका छन्, ‘एउटा टिमको रुपमा हामी पनि यो विश्वकपमाबाट बिदा हुन चाहन्छौं, हामी अष्ट्रेलियाविरुद्ध हुने खेल जित्न भरपुर प्रयास गर्नेछौं । म यही खेलबाट वनडे क्रिकेटबाट बिदा हुन गइरहेको छु र उक्त क्षण अत्यधिक भावनात्मक हुनेछ । तर पनि मैले उक्त क्षणबाट गुज्रन आफूलाई तयार बनाएको छु ।’

उनले अगाडि थपे, ‘म भाग्यमानी छु । मैले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएँ र जुन मेरो सपना थियो । म ती सबैलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई यो यात्रामा सहयोग गरे ।’

उनले भने, ‘म दक्षिण अफ्रिकाको टिमलाई लिएर चिन्तित छैन किनकी यहाँ कयौं युवा खेलाडीहरु छन् र राम्रो खेलाडीहरु आइरहेका पनि छन् । मलाई दृढ विश्वास छ कि उनीहरुमा प्रतिभावान पनि छन्, केवल कमि अनुभवको मात्रै हो । यसपछि दक्षिण अफ्रिका क्रिकेटको त्यो शिखरमा पुग्नेछ, जहाँ सबै पुग्न चाहन्छन् ।’

पाकिस्तानमा जन्मिएर दक्षिण अफ्रिकी महिलासँग विवाह गरेपछि उनी दक्षिण अफ्रिकामा नै बसे र त्यहीँको क्रिकेटको हिस्सा बने । इमरानले फरवरी २०११ मा आफ्नो एकदिवसीय करिअरको सुरुवात गरेका थिए । उनले अहिलेसम्म १७२ वनडे विकेट हासिल गरे । यो विश्वकपमा उनी पहिला यस्तो स्पिन बलर बने जसले विश्वकपको पहिलो खेलको पहिलो ओभर खेले । उनले आफ्नो दोस्रो बलमा नै विकेट लिएका थिए । यद्यपि, यो विश्वकप दक्षिण अफ्रिकाका लागि निराशाजनक रह्यो । किनकी, दक्षिण अफ्रिकाले आफ्नो ८ खेलमा केवल २ खेलमा मात्र जित निकाल्न सक्यो । एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage