scheduleशुक्रवार श्रावण ३ गते, २०७६

चीनमा बेरोजगारीको दर घट्दो

एजेन्सी, २१ असार । चीनमा बेरोजगारीको दर घटिरहेको चिनियाँ राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ ।

चीनमा बेरोजगारीको दर ४ दशमलव ९ प्रतिशतमा झरेको चिनियाँ राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको हो । चीन स्थापना भएको ७० वर्षयता रोजगार वृद्धि हुँदै गएर सन् २०१८ सम्म ४ दशमलव ९ प्रतिशत झरेको ब्यूरोले जनाएको छ ।

व्यूरोका अनुसार सन् २०१८ को अन्त्यसम्ममा चीनको रोजगारीको संख्या ७७ अर्ब पुगेको छ । यो संख्या चीनको हालको कूल जनसंख्याको आधाभन्दा बढी हो ।

पछिल्लो तथ्यांक अनुसार रोजगारको स्थिति स्थिर हुँदै राम्रो भएको मानिएको छ । सन् २०१३ देखि सन् २०१८ सम्म चीनको शहरमा नयाँ रोजगारीका अवसर थपिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob