scheduleशुक्रवार श्रावण ३ गते, २०७६

अमेरिकामा शक्तिशाली भूकम्प

एजेन्सी, २१ असार । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ।

अमेरिकी भूगर्भसम्बन्धी निकाय युएसजीएसका अनुसार पछिल्लो झट्का ७.१ म्याग्निच्युडको रहेको छ। यसअघि सो क्षेत्रमा बिहीवार ६.४ म्याग्निच्युडको भूकम्प  गएको थियो।

दोस्रो भूकम्पको केन्द्रविन्दु लस एन्जलस शहरभन्दा करिब अढाइ सय किलोमिटर उत्तरमा रहेको रिजक्रेस्ट नगर नजिक रहेको जनाइएको छ।

भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । भूकम्पकाका कारण पर्खालमा चिरा परेको, शिशा फुटेको र ग्यास पाइप फुटेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob