scheduleबिहिवार श्रावण २ गते, २०७६

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

लहान, २१ असार । सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ ।

लक्ष्मीपुर गाउँपालिका वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका ६ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र ४ वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

-रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob