scheduleसोमवार जेष्ठ १२ गते, २०७७

भारतलाई हराउने लक्ष्यसँगै श्रीलंकाले पहिला ब्याटिङ गर्ने

एजेन्सी, २१ असार । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आजको पहिलो खेलमा भारत र श्रीलंका भिड्दै छन् ।

श्रीलंकाले लिड्समा टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । यी दुबै टोलीबीचको खेल केही बेरमा सुरु हुनेछ ।

Dish_Home

प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंकाका लागि भारतसँगको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । त्यसैले कुनै दबाबविना मैदानमा उत्रने श्रीलंकाले अन्तिम खेलमा  उपाधिको दाबेदार भारतलाई हराउने लक्ष्यसहित आजको खेल खेल्नेछ ।

सेमिफाइलनमा पुगिसकेको भारत आजको खेल जित्न चाहन्छ । श्रीलंकालाई हराएर अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा न्युजिल्याण्डसँग भिड्न चाहन्छ । यद्यपि, यसका लागि आज हुने अर्को खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हराउनु पर्ने हुन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय