scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

बाढीमा बेपत्ता एक युवकको शव फेला

फाइल फोटो

काठमाडौं, २१ असार । नुवाकोटको तादी गाउँपालिका २ स्थित घट्टेखोलाको बाढीले बगाएर बेपत्ता भएका दुईमध्ये एक युवकको शव दुई दिनपछि फेला परेको छ।

१८ वर्षीय देवकृष्ण तामाङको शव तादी गापा ४ बनखोटे खोलाको किनारमा ढुङ्गाले च्यापेको अवस्थामा फेला परेको नुवाकोटका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए।

विदुरदेखि ३० किलोमिटर पूर्व तादी गाउँपालिका २ चिलाउने गाउँका १७ वर्षीय विनोद तामाङ र १८ वर्षीय देवकृष्ण तामाङ सातबिसेबाट घर फर्किने क्रममा घट्टेखोलाको बाढीमा बेपत्ता भएका थिए।

तादी २ र तादी ४ को सिमाना हुँदै बग्ने घट्टेखोलाले बगाएर बेपत्ता विनोद तामाङको खोजी जारी रहेको वडाध्यक्ष बच्चुराम तामाङले जानकारी दिए।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage