scheduleशुक्रवार श्रावण ३ गते, २०७६

मनोमानी गर्ने वडाध्यक्ष आफ्नै कार्यकक्षमा थुनिए

काभ्रे, २१ असार । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्षलाई स्थानीयले कार्यकक्षमा थुनेका छन् ।

सडक स्तरोन्तिका लागि आफ्ना नजिकका र नातागोतालाई सडक उपभोक्ता समितिमा गोप्य ढङ्गले राखिएको आरोपमा स्थानीयले वडाध्यक्ष दिलबहादुर श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् ।

वडाध्यक्ष श्रेष्ठले गलत प्रक्रिया अपनाएर आफू नजिक रहेकालाई उपभोक्ता समितिको अध्यक्ष र अनुगमन समितिका अध्यक्ष तथा सडक उपभोक्ता नभएकालाई समितिको सदस्य बनाएकाले कार्यकक्षमा थुनिएको स्थानीयको भनाइ छ ।

सडक उपभोक्ता समिति निर्माण गोप्य रुपमा गरेको थाहा पाएपछि आक्रोशित स्थानीयले वडा कार्यालयको मूल ढोकामा २ घण्टा तालाबन्दी समेत गरेका थिए । पछि स्थानीय प्रहरीले उक्त ताला खोलेको थियो ।

गेल्दुङ–गोल्माकोट पाँच किलोमिटर सडकमध्ये करीब चार दशमलब पाँच किलोमिटर सडकमा ग्राभेल गर्नका लागि वडाध्यक्ष श्रेष्ठले उपभोक्ता समितिका अध्यक्षमा कृष्णप्रसाद आचार्य तथा अनुगमन समितिमा आचार्यका नाताका भाईलाई अध्यक्ष बनाएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob