scheduleबिहिवार श्रावण २ गते, २०७६

उपभोक्ता समितिमा दलका कार्यकर्ता राख्दा भष्ट्राचार बढ्यो

 

काठमाडौं, २१ असार । पछिल्लो समय उपभोक्ता समितिमार्फत् विकास निर्माणका काम गर्दा भ्रष्ट्राचार बढेको आम गुनासो छ । विशेषगरी जनप्रतिनिधि र मन्त्रीले समितिमा आफू निकट व्यक्ति राख्दा विकास निर्माणको गति सुस्त हुनुका साथै आर्थिक अनियमितता समेत बढेको कतिपयको भनाइ छ ।

आम गुनासो र जनचासो बढेपछि प्रदेश २ सरकारले अगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत विकास निर्माणको काम सञ्चालन नगर्ने भएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले अगामी आर्थिक वर्षदेखि सबै विकास निर्माणको काम टेण्डर प्रक्रियाबाटै हुने बताएका छन् । उपभोक्ता समितिमार्फत काम गराउँदा भ्रष्टाचार बढेको गुनासो आएपछि प्रदेश सरकार यस्तो निष्कर्षमा पुगेको हो।

जनकपुरमा आयोजित बहुआयमिक विकासका लागि जनचेतना अभिवृद्धि कार्यक्रममा मन्त्री सोनलले भने, ‘कर्मचारी र समयको अभावमा मात्र उपभोक्ता समितिमार्फत काम गराउन बाध्य भएँ। अब एउटा काम पनि उपभोक्ता समितिमार्फत हुँदैन।’

कार्यक्रममा सहभागी अन्य वक्ताले समेत प्रदेश सरकारका मन्त्रीहरुले योजना बाँडेर कार्यकर्ता पालिरहेको आरोप लगाएका थिए । उपभोक्ता समिति गठन गर्ने र त्यस्ता समितिमा पार्टीका कार्यकर्ता राख्ने कार्यले विकास योजनाहरु समयमा सम्पन्न हुन नसकेको उनीहरुको भनाइ थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob