scheduleशनिवार आश्विन ४ गते, २०७६

सिपाहीले झैं पार्टी र सरकारका निर्णय रक्षा गर्नुहोस्ः प्रधानमन्त्री ओली


काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई आज बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न निर्देशन दिएका हुन् । ‘पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ । असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचनाको बिषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताए । आइफा अवार्ड नेपाललाई घाटा हुने गरी नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले संसदहरुले राखेका सुझाव, आलोचना तथा प्रस्तावहरुलाई सम्मानपूर्वक ग्रहण गरिएको पनि धारणा राखे । आजको बैठकमा २२ जना सांसदहरुले भनाइ राखेका थिए । दलका प्रमुख सचेतक देवबहादुर गुरुङ अर्को बैठक छिटै तय हुने जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage