scheduleबुधवार आश्विन २९ गते, २०७६

सर्लाही घटनाबारे छानबिन गर्न गृहको टोली सर्लाहीमा


सर्लाही, २१ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँकेमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सर्लाही पुगेको छ । टोली आज सर्लाही पुगेको हो ।

टोलीले आजबाटै सरोकारवाला निकायसँग सोधपुछ र जानकारी लिनसमेत सुरु गरेको छ । ईश्वरपुर नगरपालिका–१३, गौरीशंकरका १२ वर्षीय बालक अमित रायको बाँके खोलामा क्रसर उद्योगले बनाएको गहिरो खाल्डोमा डुबेर मृत्यु भएको थियो ।

यसपछि पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्न आएका स्थानीय र प्रहरीबीच झडप भएको थियो । सो झडपमा परी स्थानीय २७ वर्षीय देवन भनिने सरोजनारायण महतोको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । यस घटनाको छानबिन गर्न गृह मन्त्रालयले छानबिन टोली गठन गरेको थियो ।

घटनाका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयका उपसचिव कमल ढकाल नेतृत्वको टोली जिल्ला पुगेर विभिन्न निकायसँग सोधपुछ र जानकारी लिन सुरु गरेको छ । सो झडपमा परी एक जना प्रदर्शनकारी, ११ जना प्रहरी र ६ जना सशस्त्र प्रहरी घाइते भएका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage