scheduleशुक्रवार कार्तिक १ गते, २०७६

आज काँग्रेस बैठकमा पार्टी संरचनाबारे छलफल हुने

काठमाडौँ, २२ असार । आइतबारबाट सुरु हुने नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा मुख्य गरी पार्टीको संरचना कसरी निर्माण गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित हुने भएको छ । काँग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीका संरचना निर्माणका विषयमा सहमतिको प्रयास भइरहे पनि ठोस उपलब्धि हासिल भइसकेको छैन ।
संरचना निर्माण गर्दा ६० र ४० को अवधारणा अनुसार अगाडि बढ्ने विषयमा केही समय पहिला छलफल भएको थियो तर पछिल्लो समयमा संस्थापन पक्ष पार्टीका संरचना निर्माण गर्ने पक्षमा र वरिष्ठ नेता पौडेलसहितका अन्य नेता अब १४औँ महाधिवेशन केन्द्रित कार्यक्रम तयार गरेर जानुपर्ने पक्षमा देखिएपछि पार्टीको संरचना निर्माण कसरी गर्ने भन्ने विषयले केन्द्रीय समितिमा मुख्य स्थान पाउने भएको छ । बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्षका नेताहरूले आफ्ना समूहका नेताहरूले तयारीसमेत गरिसकेका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage