scheduleशुक्रवार श्रावण ३ गते, २०७६

विप्लव समूहले लगाएको ताला प्रहरीले तोड्यो

महेन्द्रनगर, २२ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कञ्चनपुरका विभिन्न स्थानीय तहमा लगाएको ताला प्रहरीले तोडेको छ ।

नेत्रविक्रम चन्द समूहले शनिबार राति शुक्लाफाँटा, कृष्णपुर र बेदकोट नगरपालिकाका ४ वटा वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।   तर आइतबार बिहानै प्रहरीले वडा कार्यालयमा लगाइएको ताला तोडेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका ५, ६ र ८ नम्बर वडा कार्यालय तथा बेदकोट नगरपालिकाको १ नम्बर वडा कार्यालयमा विप्लव समूहले ताला लगाएको थियो ।

तालाबन्दी गरिएका वडा कार्यालय परिसरमा विप्लव समूहको सेती–महाकाली ब्यूरोको पर्चा समेत फेला परेको छ । सरकारले आफ्ना नेता कार्यकर्तामाथि धरपकड, पक्राउ गरेर हत्या र स्थानीय तहले भ्रष्टाचार गरेको कारण तालाबन्दी गरेको उक्त समूहको भनाइ छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob