scheduleबुधवार आश्विन २९ गते, २०७६

चार सन्तानसहित सप्तकोशीमा हाम फालेकी आमा बाँचिन्, तीन सन्तान बेपत्ता


राजविराज । शुक्रबार राति चार सन्तानसहित सप्तकोशीमा हामफालेकी रोशना खातुन होसमा आएकी छिन् । उनको तीन सन्तान भने अझै बेपत्ता छन् । प्रहरीले उनका ४ वर्षीय छोरा मो. तहसिलको भने शनिबार जीवितै उद्धार गरेको छ ।

पति तैयवसँग विवाद भएपछि शुक्रबार दिउँसो घरबाट चार सन्तानसहित निस्केकी सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुर बस्ने ३५ वर्षिया खातुन सोही राती ८ बजेतिर सप्तकोशीमा हाम फालेकी थिइन् । उनी सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित कोशी ब्यारेजको दक्षिण भागमा चार अवोध बच्चासहित हाम फालेकी हुन् ।

खातुनकी २ र ३ वर्षीय छोरा तथा ६ वर्षीया छोरी भने अझै बेपत्ता छिन् । घटना घटेको दिन रातिदेखि नै प्रहरीको टोली बेपत्ता बच्चाहरु खोज्न सक्रिय छ । डिएसपी मकेन्द्र मिश्रको नेतृत्वको सुरक्षाकर्मीको टोली तथा गोताखोर टोलीद्वारा बेपत्ताको खोजी कार्य तीव्र बनाए पनि आइतबार साँझसम्म सफलता हात लागेको छैन ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तकोशी नदीमा दुई दिनयता पानीको वहाव उच्च रहेकोले बालबालिकालाई खोज्न कठिन बन्दै गएको छ । डिएसपी मिश्रका अनुसार सप्तकोशीमा अहिले पानीको उच्च बहाव देखिएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage