scheduleशुक्रवार श्रावण ३ गते, २०७६

वडाध्यक्षमाथि हेलमेट प्रहार

विराटनगर, २२ असार । विराटनगर महानगरपालिकाका एक वडाध्यक्षमाथि शनिबार आक्रमण भएको छ ।

सडक विस्तारका क्रममा विवाद हुँदा विराटनगर– १५ का वडा अध्यक्ष असलम आलममाथि हेलमेट प्रहार गरिएको हो । उक्त वडाको प्रजातन्त्र मार्गको भित्री सडकमा नाला निर्माण गर्ने विषयमा विवाद हुँदा स्थानीय युवाले आलममाथि हेलमेट प्रहार गरेका थिए ।

सडक विस्तारबारे विवाद बढेपछि छलफलका लागि उक्त स्थानमा गएका आलममाथि स्थानीय दुई युवाले हेलमेट प्रहार गरेको  प्रहरीले जनाएको छ ।

हाल आक्रमणमा संलग्न सन्तोष साह र विजय साहलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो  । दुबै पक्षबीच सहमति भएपछि मिलापत्र गराएर उनीहरुलाई छाडिएको थियो ।

सन्तोष र विजय सहोदर दाजुभाइ हुन् । उनीहरुले सडकमा नाला निर्माणका क्रममा आफ्नो जग्गाको धेरै भाग सडकमा परेको भनेर विवाद निकालेका थिए । सोही क्रममा आलममाथि हेलमेट प्रहार  भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob