scheduleसोमवार आश्विन ११ गते, २०७८

महिला विश्वकपको उपाधि अमेरिकालाई

काठमाडौँ, २३ असार । फिफा महिला विश्वकप फुटबलको उपाधि संयुक्त राज्य अमेरिकाले जितेको छ ।

अमेरिका फाइनलमा नेदरल्याण्डलाई २(० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

अमेरिकालाई जित दिलाउन मेगान रापिनोई र रोज लाभिल्लेले एक एक गोल गरिन् ।

अमेरिकाका लागि खेलको ६१ औं मिनेटमा मेगानले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाइन् । खेलको ६९ औं मिनेटमा रोजले गोल गरिन् ।

सन् १९९१, सन् १९९९ र २०१५ मा उपाधिपछि अमेरिकाले कीर्तिमानी चौंथो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय