scheduleआइतवार भाद्र ८ गते, २०७६

वाइडबडी जापान उड्दा विमानस्थल मर्मत रोकिने

काठमाडौँ, २३ असार । नेपाल वायुसेवा निगमले काठमाडौँ–ओसाका–काठमाडौँ उडान तालिका सार्वजनिक गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्धार कार्य चार महिनाका लागि केहिबेर स्थगन गरिने भएको छ ।

निगमले भदौ १२ देखि वाइडबडीमार्फत प्रत्येक मंगल, बिही र शनिबार राति साढे २ बजे जापान उडान गर्दै छ । विमानस्थलमा दोस्रो चरणको मर्मत कार्य मनसुन सकिएपछि भदौ १६ देखि पुस १५ सम्म चार महिना सञ्चालन हुनेछ ।

जापान उडानको तालिका र विमानस्थल मर्मतसम्भारको समय जुधेपछि निगमले नागरिक उड्डयन प्राधिकरणलाई उडानका क्रममा काम रोक्न आग्रह गरेको थियो । भदौ १६ देखि दोस्रो चरणको मर्मत कार्य सुरु हुनेछ । कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage