scheduleसोमवार आश्विन ६ गते, २०७६

‘सैफ अली खानले परिवार भुलेर विवाह गरे’

काठमाडौँ, २३ असार । आधुनिक समाजमा अब विहेको परिभाषा नै परिवर्तन हुन थालेको छ । समाजमा रहिआएको चलन र परम्परा तोडिने क्रम विस्तारै बढ्दै गइरहेको छ । विवाह भइसकेपछि मृत्युसम्म नै त्यहि सम्बन्धलाई अंगालेर अघि बढ्नुपर्ने धारणामा परिवर्तन आइसकेको छ ।
वैवाहिक सम्बन्धमा बेमेल पैदा हुनेवित्तिकै सम्बन्धविच्छेद गर्नेहरुको लर्को लागिसकेको छ समाजमा । अझ चलचित्र क्षेत्रमा लागेका मानिसहरुको वैवाहिक जीवन निकै कम समय चल्ने गरेको छ । बिहे भएको केहि वर्षभित्रै सम्बन्धविच्छेद गर्ने कलाकार निकै भेटिन्छन् । भने सम्बन्धविच्छेद पश्चातपनि घरजम गरेका सयौँ उदाहरण भेटिन्छन् बलिउडमा ।

तर, एक यस्ती अभिनेत्री छिन् जसले आफूभन्दा धेरै कान्छा अभिनेतासँग विवाह गरिन् । उनी हुन् अमृता सिंह । पञ्जावी परिवारकी उनले परिवारको मर्जी बेगर विवाह गरिन् । तर, १३ वर्ष लामो वैवाहिक सम्बन्ध एकाएक बिग्रिएको थियो । बढी उमेरकी अमृताको प्रेममा पागल भएका सैफ अली खानले उनीसँग बिहे गरे । तर केहि समयपछि यी दुईको सम्बन्ध टुट्यो । सैफले अभिनेत्री करिना कपूरसँग बिहे गरे भने अमृता एक्लै छोराछोरीको स्याहारमा व्यस्थ छिन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage