scheduleशुक्रवार श्रावण ३ गते, २०७६

नहरमा बस खस्दा २९ जनाले ज्यान गुमाए

एजेन्सी, २३ असार । भारतको आग्रामा भएको बस दुर्घटना परी २९ जना यात्रुले ज्यान गुमाएका छन् ।

सोमबार बिहान ४:३० बजे लखनउदेखि दिल्ली जाँदै गरेको यमुना एक्सप्रेस वेको बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी १८ जना घाइते भएका छन्।

दुर्घटनामा परेको बसमा ४७ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बसका चालक निदाउँदा बस अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ।  अनियन्त्रित भएपछि बस ३० फिट तल नहरमा खसेको थियो।

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको र मृतकको शव पोष्टमार्टम भइरहेको भारतीय अधिकारीले जनाएका छन्।

उत्तरप्रदेशका मुख्यमन्त्रीले सो दुर्घटनाबारे २४ घण्टाभित्र अनुसन्धान गरी रिपोर्ट तयार पार्न यातायात आयुक्त, डिभिजनल आयुक्त र आइजीलाई निर्देशन दिएका छन्।

यस्तै, मृतकका परिवारलाई ५ लाख प्रदान गर्ने उत्तरप्रदेश प्रदेश सडक ढुवानी निगमले जनाएको छ।

दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दु:ख व्यक्त गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob