scheduleबुधवार कार्तिक २७ गते, २०७६

बुहारीको यौनलीला सासुले थाहा पाएपछि …


वीरगन्ज, २३ असार । पर्सामा परिवारका सदस्यको आँखा छलेर परपुरुषसँग यौनलीला गर्ने बुहारीले सासुको हत्या प्रयास गरेकी छिन् । सासुससुराको आँखा छल्दै परपुरुषसँग अवैध सम्बन्ध राखेकी ती बुहारीले आफ्नो सम्बन्धबारे सासुले सुईंको पाएपछि सासुमाथि आक्रमण गरेकी हुन् ।

आफ्नो अवैध सम्बन्धबारे सासुले जानकारी पाएपछि बुहारीले सासुलाई गडाँसी अर्थात् धारिलो हतियार प्रयोग गरी टाउकोमा प्रहार गरेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारी बस्ने बर्ष ५५ की राजपति देवी महरालाई उनकै बुहारी इन्दुदवेवी महराले गडाँसी प्रहार गरेकी पर्साका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए ।

सुरुमा अपरिचित व्यक्तिले टाउकोमा धारिलो हतियार प्रहार गरेको कुरा सार्वजनिक भएको थियो । पर्सा प्रहरीले घटनाको अनुसन्धान गर्दै जाने क्रममा घाइते राजपति देवीलाई उनकै ३० बर्षीय बुहारी इन्दुदेवी महराले प्रहार गरेको तथ्य खुलेको शर्माले बताए ।

शनिबार राती ३ बजे इन्दुदेवी महरालाई प्रहरीले नियन्त्रणमा लिएको र पक्राउपछि इन्दुदेवीले अभियोग स्वीकारेको प्रहरीले जनाएको छ । ‘परपुरुषसँगको अवैध सम्बन्ध लुकाउन यो घटना भएको रहेछ,’ शर्माले भने ।

आफ्नो बुहारीसँग स्थानीय सोनर पासवानको सम्बन्ध बाक्लिदै गएको सासुले थाहा पाएकी थिइन् र उनीहरु दुवैको सल्लाहमा यो घटना भएको हुनसक्ने स्थानीयको दावी रहे पनि प्रहरीले भने अनुसन्धान जारी रहेको बताएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage