scheduleमगलवार आश्विन २८ गते, २०७६

विप्लव समूहको तालाबन्दी र पत्रबाट जनप्रतिनिधि आतंकित

कालिकोट, २३ असार। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले कालिकोटका ५२ स्थानीय तहका वडा कार्यालयमा ताला लगाएका छन् । तालाबन्दी र पत्राचार गरेपछि सम्बन्धित वडाका जनप्रतिनिधि आतंकित बनेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार राती कालिकोट जिल्लाका रास्कोट पलाता, पचालझरना र सान्नीत्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

विप्लव नेकपाका कार्यकर्तामाथि प्रहरीले दमन गरेको, स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको, कर्मचारी नियुक्तिमा नातावाद हाबी भएका र कर्मचारीबाट जनप्रतिनिधिले कमिसन खाएकाले भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरिएको हो ।

चन्द समूहले आर्थिक सहयोगको लागि प्रत्येक कार्यालयमा पत्र समेत टाँसेको छ । पार्टीको निर्देशन अनुसार पत्राचार गरिएको र सहयोग उपलब्ध नभएमा भौतिक कारवाही समेत हुने पार्टीका नेताले बताएका छन् ।

चन्दा नदिएको हुनाले तालाबन्दी गरिएको हुन सक्ने अशंका गरिएको छ । यता जनप्रतिनिधिलाई भने कसरी पैसा दिने भन्ने चिन्ताले सताएको छ ।

ताला लगाउँदा समेत सुरक्षा निकाय मौन बसेको स्थानीयको गुनासो छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage