scheduleशनिवार फाल्गुन १७ गते, २०७६

सरकारी जग्गा मिचेको भन्दै ५ तारे रिसोर्टविरुद्ध मुद्दा दायर

भैरहवा, २३ असार । रूपन्देहीमा सञ्चालित पाँच तारे टाइगर प्यालेस रिसोर्ट (टाइगर वान प्रालि) विरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर भएको छ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३ मा रहेको रिसोर्टले सार्वजनिक कुलो तथा नहरभित्र पर्ने १० कठ्ठाभन्दा बढी जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै मुद्दा दायर गरिएको हो।

Dish_Home

तत्कालीन भैरहवा-लुम्बिनी भूमगत जल परियोजनाअन्तर्गत नलकुप जल उपभोक्ता संघ रूपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले सरकारी सम्पत्तिमा निर्मित संरचना भत्काइ सरकारी सम्पत्तिको संरक्षण गरी पाऊँ भनी मुद्दा दायर गरेका हुन्।

रिसोर्टले रूपन्देहीको साविक टिकुलीगढ ९ ‘घ’ (हाल तिलोत्तमा नगरपालिका १३) को कित्ता नम्बर १२०, १४८, १५२ र १९० का नहर (नलकुप) सार्वजनिक जग्गा र कित्ता नम्बर ७३ को सरकारी जग्गामा समेत कमाउन्डभित्र राखेर होटल संरचना निर्माण गरी भोगचलन गर्दै आएको दाबी रिटमा गरिएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय