scheduleसोमवार आश्विन ६ गते, २०७६

वीरबहादुरले हानेको ढुंगाले लागेर गङ्गा मारिइन्


पोखरा, २३ असार । कास्कीस्थित पोखरा महानगरपालिकामा पर्ने बिरौंटामा एक पुरुषले प्रहार गरेको ढुंगा लागेर एक महिलाको निधन भएको छ । आठ वर्षदेखिसँगै बस्दै आएका ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा ४० वर्षीया गङ्गा सुनारको मृत्यु भएको हो ।

कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार शवको परीक्षणपश्चात मृत्युको थप कारण जानकारी हुने बताए । उनी दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्याको अभियोगमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage