scheduleआइतवार श्रावण ५ गते, २०७६

२० वर्षपछि घरबाटै पक्राउ परे पुन


सल्यान, २३ असार । कर्तव्य ज्यान मुद्दाका फरार अभिुक्तलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–७ मैदु निवासी ४१ वर्षीय दिलबहादुर पुनलाई २० वर्षपछि आइतबार घरबाटै पक्राउ गरेको हो ।

विसं २०५६ जेठ २२ गते सोही ठाउँका लोकबहादुर यरीलाई हत्या गरी फरार भएका पुनलाई सर्वोच्च अदालतले १५ वर्षको कैद फैसला गरेको थियो ।

घटनापछि पुन फरार भएपछि प्रहरीले पक्राउ गर्नसकेको थिएन । पुन घरमा आएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यान र आरआइटी कर्णाली प्रदेश सुर्खेतको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका पुनलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्यानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob