scheduleबुधवार मंसिर ४ गते, २०७६

प्रहरीको मिलोमतोमा थुनुवा फरार भएको आशंका, संलग्नमाथि कारवाहीको तयारी

काठमाडौं, २४ असार । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट गएराति तीन जना थुनुवा फरार भएपछि ड्युटीमा रहेका प्रहरीलाई कारवाही गर्ने तयारी भएको छ ।

रात्रि ड्युटीमा रहेका जवान, ड्युटी संयोजक हवल्दार, ड्युटी अफिसरलगायतलाई निलम्बन गरेर कारवाही गर्ने तयारी गरिएको हो ।

भैंसेपाटीस्थित प्रहरी कार्यालयको हिरासतको ग्रिल भत्काएर लागु औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ गएराति फरार भएका थिए ।

हालसम्म फरार तीनै जना फेला परेका छैनन् ।

प्रहरीको लापरवाहीका कारण थुनुवा फरार भएका हुन् वा  प्रहरीसँगको मिलेमतोमा फरार भएका हुन्भ भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage