scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

एसीसी यू-19 कप नेपालले जित्यो, हङकङ ६ विकेटले पराजित

काठमाडौं, २४ असार । एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

आज किनारारा ओभल क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि पवन सर्राफले ३९, रित गौतमले १३, रोहित पौडेलले १२, खडक बोहोराले ८ र भीम सार्कीले ८ रन बनाएका थिए ।

हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १-१ विकेट लिए ।

त्यसअघि  किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले पहिलो ओभरमै स्पिनर सागरलाई बलिङमा ल्याएको थियो । सागरले चौथो बलमै हङकङका ओपनर नसरुल्लाह रानालाई सुन्यमा पवन सरार्फबाट क्याच आउट गराए । सागरलेनै तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई सुन्यमा विकेटकीपर हरि बहादुर चौहानबाट स्टमपिङ आउट गराए ।

सुरुवाती दुवै विकेट शुन्यमा गुमाएपनि तेस्रो विकेटका लागि अदित गोरवारा र कल्हण मार्कले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी पनि सागर ढकालले १३ ओभरको पाँचौ बलमा मार्कलाई १९ रनमा एलबी डब्लू आउट गर्दै तोडे ।

उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सागरले १५ ओभरको अन्तिम बलमा अरुष भागवतलाई शुन्यमा बोल्ड आउट गरे । त्यस्तै सागरले २३ ओभरको तेस्रो बलमा मेहरानलाई ४ रनमा स्टपपिङ आउट गराए । तिलकराज भण्डारीले २३ ओभरको दोस्रो बलमा सर्वाधिक रन बनाउने अदितलाई २४ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए । उनले ७१ बलमा ४ चौका प्रहार गरे । कमलसिंह ऐरीले रौनक कपुरलाई १२ रनमा बोल्ड आउट गरे । मोहम्मद हसन ९ र अब्दुलले ७ रन जोडे ।

हङकङलाई सस्तैमा रोक्न स्पिनर सागर ढकालले १० ओभर सम्म ५ मेडन सहित १८ रन खर्चेर ५ विकेट लिए । कमलसिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन अर्चेर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लको नाममा समान १ विकेट रह्यो । कुशल मल्लले ८.१ ओभरमा ५ मेडन सहित ४ रन मात्रै खर्चे ।

आज  किनारारा ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले  हङकङलाई विकेटले हराउँदै उपाधि हात पा फाइनल खेलमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । नेपाली स्पिनर सागर ढकालले घातक बलिङ गरेपछि हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालले पहिलो ओभरमै स्पिनर सागरलाई बलिङमा ल्याएको थियो । सागरले चौथो बलमै हङकङका ओपनर नसरुल्लाह रानालाई सुन्यमा पवन सरार्फबाट क्याच आउट गराए । सागरलेनै तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई सुन्यमा विकेटकीपर हरि बहादुर चौहानबाट स्टमपिङ आउट गराए ।

सुरुवाती दुवै विकेट शुन्यमा गुमाएपनि तेस्रो विकेटका लागि अदित गोरवारा र कल्हण मार्कले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी पनि सागर ढकालले १३ ओभरको पाँचौ बलमा मार्कलाई १९ रनमा एलबी डब्लू आउट गर्दै तोडे ।

उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सागरले १५ ओभरको अन्तिम बलमा अरुष भागवतलाई शुन्यमा बोल्ड आउट गरे । त्यस्तै सागरले २३ ओभरको तेस्रो बलमा मेहरानलाई ४ रनमा स्टपपिङ आउट गराए । तिलकराज भण्डारीले २३ ओभरको दोस्रो बलमा सर्वाधिक रन बनाउने अदितलाई २४ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए । उनले ७१ बलमा ४ चौका प्रहार गरे । कमलसिंह ऐरीले रौनक कपुरलाई १२ रनमा बोल्ड आउट गरे । मोहम्मद हसन ९ र अब्दुलले ७ रन जोडे ।

हङकङलाई सस्तैमा रोक्न स्पिनर सागर ढकालले १० ओभर सम्म ५ मेडन सहित १८ रन खर्चेर ५ विकेट लिए । कमलसिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन अर्चेर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लको नाममा समान १ विकेट रह्यो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage