scheduleआइतवार श्रावण ५ गते, २०७६

सल्लाह नगरी भैंसी बेचेको भन्दै छोराले गर्‍यो आमाको हत्या


वीरगन्ज, २४ असार । आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा वीरगन्ज महानगरपालिका-२४ रामगढवाको नयाँवस्तीमा छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

नयाँवस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्‍डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सल्लाह नगरी भैंसी बेचेको विषयमा मङ्गलबार दिउँसो आमा छोराबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा आमासँग आक्रोशित छोराले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गरेका थिए । शोभादेवीको घटनास्थलमै मृत्यु भएको छ ।

छोराले आक्रमण गरेपछि भागेकी आमालाई लखेटीलखेटी आक्रमण गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनालगत्तै गुड्डुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर अनुसन्धान भइरहेको छ ।

पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले मृतक शोभादेवीको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob