scheduleआइतवार श्रावण ५ गते, २०७६

अर्जेन्टिनाले आरोप लगाएपछि अन्ततः रेफ्रीले दिए आफ्नो प्रतिक्रिया

काठमाडौँ, २५ असार । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले रेफ्रीमाथि लगाएको आरोपबारे रेफ्री रोडी जामब्रानोले आफ्नो बयान दिएका छन् ।

अर्जेन्टिनाले दुईवटा पेनाल्टी पाउनु पर्ने तर रेफ्रीले नदिएको भन्दै लियोनल मेस्सीले रेफ्रीहरुमाथि आरोप लगाएका थिए । तर, रेफ्रीले भारका लागि आफुलाई आग्रह नगरिएको बताएका छन् ।

भारका रेफ्रीहरुले भार प्रयोग गर्न आफुलाई कुनै पनि संकेत नगरेका कारण भार प्रयोग नगरेको बताएका छन् । ब्राजिलका खेलाडी अर्थरले मेलोले ओटामेण्डीलाई डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी अपिल गरेको थियो ।

तर, रेफ्रीले सुनेनन् । त्यस्तै ब्राजिलका डिफेण्डर ड्यानी एल्भ्सले सर्जियो अगुइरोलाई लडाएपछि अर्जेन्टिनाले क्लियर पेनाल्टी पाउने अपेक्षा गरेको थियो ।

तर, त्यसमा पनि रेफ्री मौन रहेपछि मेस्सी रिसले आगो बनेका थिए । चिलीविरुद्धको खेलमा उनी रातो कार्ड खाँदै बाहिरिएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob