scheduleबुधवार श्रावण ८ गते, २०७६

जब परिणिती चोप्डाले सेफको नाम लिइन्

काठमाडाैँ, २५ असार । अभिनेत्री परिणीति चोपडा आफ्नो फिल्ममा व्यस्त छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै एक्टिभ रहने अभिनेत्री हुन् ।

मिडिया रिपोर्टका अनुसार आफ्नो फिल्म ‘जबरिया जोडी’को प्रोमोशनमा व्यस्त छिन् ।

साथै उनी आफ्नो नयाँ फिल्मलाई लिएर पनि निकै चर्चामा छन् । उनको यस फिल्म हलिउड थ्रिलर फिल्मको आधिकारिक रिमेक हो । ‘द गर्ल अन द ट्रेन’ फिल्मको मुख्य भूमिकामा एमिली ब्लंट देखिएकी थिइन् । उक्त फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको थियो, जसको कारण आधिकारिक रिमेक फिल्मले पनि त्यस्तै राम्रो प्रतिक्रिया पाउने अभिनेत्री परिणीतिको आशा छ ।

अभिनेत्री परिणीतिलाई सोसल मिडियामा फ्यानहरुले सवाल जवाफको सेसन राखेको थियो । जहाँ परिणीतिलाई आफ्नो सेलिब्रेटी क्रशको नाम सोधिएको थियो । प्रश्नको जवाफ फर्काउँदै परिणीतिले आफ्नो सेलिब्रेटी क्रश अभिनेता सैफ अली खान भएको बताएकी छन् ।

त्यसोत, परिणीति चोपडा र सैफ अली खानलै अहिलेसम्म कुनै पनि फिल्म गरेका छैनन् । अहिले उनी आफ्नो हलिउड फिल्म, सायना नेहवालको बायोपिक र जबरिया जोडी फिल्मका कारण चर्चामा छन् । भर्खरै परिणीति र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘जबरिया जोडी’को ट्रेलर रिलिज भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob