scheduleसोमवार आश्विन ६ गते, २०७६

भोजपुरमा भिडन्त, विप्लव नेता र एक प्रहरी जवान मारिए


काठमाडौं, २५ असार । भोजपुर बजारमा प्रतिबन्धित नेकपा र प्रहरीबीच गोली हानाहान भएको छ । भोजपुर बजारमा ड्युटीमा रहेका प्रहरी जवानमाथी विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले हानेको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको हो ।

प्रहरीमाथि बिहान ८ बजेर ३० मिनेटतिर आक्रमण हुँदा प्रहरी जवान सन्जिव राईको गोली लागेर मृत्यु भएको छ । लगत्तै प्रहरी प्रतिकारमा परी नेकपाका ओखलढुंगा ईञ्चार्जको पनि मृत्यू भएको छ ।

प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ । अहिले भोजपुर बजारको सुरक्षा अवस्था कडा बनाइएको र प्रदेश नम्बर १ प्रहरीले थप मद्दतको लागि टोली पठाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage