scheduleआइतवार श्रावण ५ गते, २०७६

भारत भर्सेस न्युजिल्याण्ड : खेल हुन सकेन् भने को पुग्ला फाइनलमा ?

एजेन्सी, २५ असार ।  आईसीसी विश्ककप क्रिकेटअन्तर्गत भारत र न्युजिल्याण्डबीच मंगलबार भएको पहिलो सेमिफाइनल वर्षाका कारण प्रभावित भएको छ । अवरुद्ध खेल आज बुधबार पुन : सुचारु हुनेछ ।

तर  भारत र न्युजिल्याण्डबीच हुने आजको खेल समेत वर्षाले प्रभावित हुने सक्ने संभावना उत्तिकै छ । म्यान्चेस्टरको मौसम अहिले राम्रो भएता पनि दिउँसो पुन : वर्षा हुन सक्ने समाचार माध्यमले जनाएका छन् ।

यदि आज मौसम राम्रो भएमा वर्षाका कारण स्थगित हिजोको सेमिफाइनल खेल रिजर्भ डेको दिन आज पुन: खेलाइने छ । आईसीसीको नियम अनुसार सेमिफाइनल खेल तोकिएको दिन हुन नसके रिजर्भ डे मा खेलाइनेछ। यस्तो अवस्थामा खेल  निर्धारित ५० ओभरको नै हुनेछ ।  र भारतले जहाँबाट अवरुद्ध भएको त्यहीबाट बलिङ गर्नेछ ।

अर्थात् आज खेल सुचारु भए ४६.१ ओभरदेखि भारतले बलिङ गर्नेछ ।

तर खराब मौसमका कारण वर्षाको संभावना बढ्यो भने ५० ओभरको खेललाई डिआरएसअनुसार कम ओभरमा खेलाइने छ । यस्तो अवस्थामा भारतले पूरा गर्नुपर्ने लक्ष्य अलग-अलग तरिकाले तय हुनेछ ।

मंगलबारको खेलमा न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाउँदै २११ रन बनाएको छ । यदि डिआरएस प्रणाली लागू गरियो भने भारतले पूरा गर्नुपर्ने लक्ष्य निम्नानुसार तय हुन सक्छ :

ओभर            लक्ष्य

४६ ओभर       २३७ रन

४० ओभर       २२३ रन

३५ ओभर       २०९ रन

३० ओभर       १९२ रन

२५ ओभर       १७२ रन

२० ओभर       १४८ रन

तर पानी पर्‍यो र खेल हुन सकेन भने भारतलाई फाइदा हुनेछ । यस्तो अवस्थामा ब्याटिङ नै नगरी भारत फाइनलमा प्रवेश गर्नेछ । लिग चरणमा न्युजिल्याण्ड भन्दा माथि रहेको हुनाले भारतलाई नै फाइनलमा प्रवेश गरेको टोली भनेर घोषणा गरिने छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob