scheduleआइतवार श्रावण ५ गते, २०७६

मदन पुरस्कार-२०७५ का लागि छानिएका सात पुस्तकको सूचि सार्वजनिक


काठमाडौं, २५ असार । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७५ का लागि श्रेष्ठ सूचि सार्वजनिक गरेको छ । सूची तयार गर्न गठित विज्ञ समितिबाट सिफारिस भएका सातवटा पुस्तकहरुको नाम सार्वजनिक गरेको हो ।

गुठीलाई प्राप्त भएका कूल २५७ कृतिहरुबाट छानिएका सात पुस्तकहरुमध्ये एकलाई २०७५ सालको मदन पुरस्कार दिइने गुठीका अध्यक्ष कुन्द दीक्षितले एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।

छानिएका पुस्तकहरुमा सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob