scheduleसोमवार आश्विन ६ गते, २०७६

श्रीमानले धम्क्याउन थालेपछि प्रहरीसमक्ष पुगिन् नायिका शिल्पा पोखरेल

काठमाडौं, २५ असार ।  नायिका  शिल्पा पोखरेलले र उनका  श्रीमान छविराज ओझाबीच खटपट सुरु भएको छ । नायिका पोखरेलले आफ्नै श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार नाायिका पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएकी हुन् । उनले पोखरेलको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी गराए ।

शिल्पाले आफ्नो उजुरीमा ओझाले  घरेलु हिंसा गरेको, कुटपीट गरेको, थर्काएको, दुर्व्यवहार गरेको भनेर उल्लेख गरेकी छन् ।

निर्माता छविराजले नायिका शिल्पा पोखरेललाई गत २०७३ सालको दशैंमा गोप्य रुपमा चौथो श्रीमतीको रुपमा भित्र्याएका थिए ।  लामो समय उनीहरुले आफ्नो विवाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले विवाह गरिसकेको बताएका थिए ।

म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । उनीहरु दुवैले सोही समयदेखि विहे गर्ने भन्दै बताउदै आएका थिए ।

त्यसयता शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । यसअघि निर्माता छविराज ओझाको नायिका रेखा थापासँग पनि पारापाचुके भैसकेको थियो । शिल्पासँग विवाह गर्नुअघि छविराजको तीन जनासँग विहे भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage