scheduleआइतवार श्रावण ५ गते, २०७६

पीएसजीका निर्देशक भन्छन्- राम्रो प्रस्ताव आए नेयमारले क्लब छाड्न सक्छन्

पेरिस, २५ असार । ब्राजिलका सुपरस्टार फुटबलर नेयमार र उनको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबीच विवाद बढ्दै गएको छ । सोमबारबाट पीएसजीले आउँदो सिजनका लागि प्रशिक्षण सुरु गरेको थियो । तर, नेयमार त्यहाँ पुगेनन् । उनले आफू उपस्थित हुन नसक्नेबारे कसैलाई जानकारी पनि दिएनन् ।

पीएसजीका निर्देशक लियोनार्डोले भनेका छन्, ‘यदि राम्रो प्रस्ताव आयो र त्यसबाट सबै सन्तुष्ट हुने अवस्था सिर्जना भयो भने नेयमारले क्लब छाड्न सक्छन् ।’

क्लब प्रशासनले मंगलबार नेयमारको अनुपस्थितिको लागि उनलाई कारबाही गर्ने बताएको थियो । नेयमारका पिताले यसबारे जवाफ दिँदै पीएसजीलाई नेयमार च्यारिटी कार्यक्रममा जोडिने खबर रहेको जिकिर गरेका थिए ।

उता, लियोनार्डोको यो इशारा वा अभिव्यक्ति नेयमारलाई क्लब छाड्नका लागि भनिएको हो । लियोका अनुसार, उनलाई अहिलेसम्म नेयमारलाई किन्ने कुनै प्रस्ताव आएको छैन । तर, नेयमारको बार्सिलोनासँग बाक्लो सम्पर्क रहँदै आएको छ ।

‘बार्सिलोनासँग जोडिन चाहन्छन् नेयमार’

हालसालै केही खबरहरुमा नेयमार पीएसजी छाडेर बार्सिलोना फर्कन चाहेको समाचार प्रकाशन भएको थियो । स्पेनका मिडियाहरुमा प्रकाशित खबरका अनुसार नेयमार बार्सिलोना कम रकममा पनि फर्कन तयार छन् । खबरमा गरिएको दाबी अनुसार नेयमार २०१७ मा बार्सिलोनाबाट पाउने पुरानो तलब २.४ करोड यूरो मा नै फर्कन तयार छन् । पीएसजीमा उनको तलब करिब घश्रट करोड यूरोप छ ।

पेरिस सेन्ट जर्मेनले यसभन्दा अगाडि नेयमार बाहिरिनेबारे मुख खोलेको थिएन । यद्यपि, लियोनार्डोको अभिव्यक्ति नेयमारले क्लब छाडून् भन्ने संकेत हो । दुई वर्ष पहिला पीएसजीले उनलाई बार्सिलोनाबाट किन्नको लागि रेकर्ड बनाउने गरी २२.२० करोड यूरो खर्च गरेको थियो ।

स्पेनबाट प्रकाशित हुने सञ्चार माध्यमहरुका अनुसार नेयमार आफ्नो पुरानो स्पेनिश क्लब फर्कन अधैर्य छन् । बार्सिलोना पनि भएपटक पुनः आफ्नो स्टार खेलाडी फर्काउन चाहन्छ । स्पेनबाट प्रकाशित हुने खेल पत्रिका डियारियो स्पोर्टका अनुसार, दुवैबीच ५ वर्षको सम्झौतामा सहमति बनिसकेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob