scheduleसोमवार आश्विन ६ गते, २०७६

भोजपुरमा यसरी भएको थियो प्रहरी र विप्लव कार्यकर्ताबीच जम्काभेट

काठमाडौं, २५ असार । बुधबार बिहानै भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भयो । दोहोरो गोली हानाहानमा १ प्रहरी जवान र  एक विप्लव कार्यकर्ताको मृत्यु भएको थियो।

शनिबार बिहानै चिया नास्ताका लागि नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका ओखलढुंगा इन्चार्ज निरकुमार राई पाँचधारे होटलमा बसिरहेका थिए।

भोजपुर सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचना पाएपछि प्रहरी गस्तीमा खटिएको थियो। गस्तीमा रहेको प्रहरी टोली त्यही होटलमा पुग्यो ।

प्रहरी देख्नेबित्तिकै आत्तिएका विप्लव कार्यकर्ताले सुरुमै प्रहरीमाथि गोली हाने ।  स्थानीय प्रयक्षदर्शीकाअनुसार प्रहरी देख्ने बित्तिकै निरकुमार प्रतिकारमा उत्रिएका थिए । प्रहरीले उनलाई पहिचान गर्न नपाउँदै छातीमा गोली लागेर प्रहरी जवान सञ्जीव राई भुइँमा ढले। लगत्तै प्रहरीको जवाफी फायरिङमा निरकुमारमाथि गोली लाग्यो।

दोहोरो गोली हानाहानपछि उक्त होटेलमा एकाएक आतंक फैलिएको थियो । यति मात्रै होइन, केही समय भोजपुर बजार समेत आतंकित बनेको थियो।

सन्जिव र निरजकुमारबीच सामान्य चिनजान समेत रहेको स्थानीयले बताएका छन् ।

अहिले बजार प्रायःबन्द जस्तै रहेको स्थानीयले जनाएका छन्।

भोजपुर सदरमुकामको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । उनकाअनुसार मृतक प्रहरी जवान र विप्लव कार्यकर्ताको शव जिल्ला अस्पतालमा राखिएको छ। एक घाइते प्रहरीको त्यही उपचार भइरहेको छ।

नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाका अनुसार मृत्यु हुने विप्लव कार्यकर्ताको साथबाट एक थान चाइनिज पेस्तोल र पाँच राउन्ड गोली बरामद भएको छ। भोजपुरमा प्रदेश १ बाट थप सुरक्षाकर्मी पठाइएको छ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage