scheduleआइतवार श्रावण ५ गते, २०७६

भारत र न्युजिल्याण्डबीचको सेमिफाइनल पुनः सुचारु

एजेन्सी, २५ असार । एक दिवसीय क्रिकेटअन्तर्गत भारत र न्युजिल्याण्डबीच मंगलबार स्थागित भएको सेमिफाइनल पुन : सुरु भएको छ ।

मंगलबार स्थगित भएको सेमिफाइनल खेल दिन आज पुन: सुरु भएको छ । आईसीसीको नियम अनुसार सेमिफाइनल खेल तोकिएको दिन हुन नसके रिजर्भ डे मा खेलाइन्छ। यो नियम अनुसार स्थगित खेल  निर्धारित ५० ओभरको नै हुनेछ । भारतले जहाँबाट अवरुद्ध भएको त्यहीबाट बलिङ गर्नेछ । अर्थात् भारतले बाँकी रहेका २३ बल फ्याँक्ने छ ।

ओल्ड ट्राफोर्डमा मंगलबार टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले वर्षाका कारण खेल प्रभावित हुनुपूर्व ४६. १ ओभरमा ५ विकेट गुमाउँदै २११ रन जोडेको थियो ।

अवरुद्ध हुनुपूर्व न्युजिल्याण्डका लागि रस टेलरले ८५ बलमा १ छक्का र ३ चौकासहित ६७ रन र टोम लाथाम ४ बलमा ३ रन बनाउँदै अविजित छन् ।

उता केन विलियमसन ९५ बलमा ६ चौकासहित ६७ रन बनाएर आउट भए ।

त्यस्तै हेनरी निकल्स ५१ बलमा २ चौकासहित २८, कोलिन ग्र्यान्डम १० बलमा २ चौकासहित १६ र जेम्स निशम १८ बलमा १ चौकासहित १२ रन बनाएर आउट भए । मार्टिन गप्टिल १४ बलमा १ रन मात्रै बनाएर आउट भए ।

भारतका लागि भुवनेश्वर कुमार, रविन्द्र जडेजा, जसप्रित बुमराह, युजबेन्द्र चहल र हार्दिक पाण्याले १/१ विकेट लिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob