scheduleआइतवार श्रावण ५ गते, २०७६

न्युजिल्याण्डद्वारा भारतसामु २४० रनको लक्ष्य प्रस्तुत

एजेन्सी, २५ असार । एक दिवसीय क्रिकेटअन्तर्गतको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतसामु २४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओल्ड ट्राफोर्डमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३९ रन जोडेको हो ।

न्युजिल्याण्डका लागि रस टेलरले ९० बलमा १ छक्का र ३ चौकासहित ७४ रन र उता केन विलियमसन ९५ बलमा ६ चौकासहित ६७ रन बनाएर आउट भए ।

त्यस्तै हेनरी निकल्स ५१ बलमा २ चौकासहित २८, कोलिन ग्र्यान्डम १० बलमा २ चौकासहित १६ र जेम्स निशम १८ बलमा १ चौकासहित १२ रन र टोम लाथाम ११ बलमा १० रन बनाएर आउट भए । म्याट हेनरीले २ बलमा १ र मार्टिन गप्टिल १४ बलमा १ रन मात्रै बनाएर आउट भए ।

मिचेल सेन्टनर ६ बलमा १ चौकासहित ९ रन र ट्रेन्ट बोल्ट ३ बलमा ३ रन बनाउँदै अविजित रहे ।

भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिएका थिए । रविन्द्र जडेजा, जसप्रित बुमराह, युजबेन्द्र चहल र हार्दिक पाण्याको नाममा १/१ विकेट रह्यो ।

मंगलबार वर्षाका कारण स्थगित भएको खेल आज पुन : सुरु भएको हो ।

भारतीय टोली केही समयपछि जवाफी ब्याटिङमा उत्रने छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob