scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

भारतलाई सुरुवाती झड्का: कोहली, शर्मा र राहुल १/१ रनमा आउट

एजेन्सी, २५ असार । भारतका ब्याट्सम्यानलाई खेलको सुरुमा निकै दबाबमा राखेका छन् ।

विराट कोहली, रोहित शर्मा र केएल राहुललाई पहिलो पावर प्लेमा नै न्युजिल्याण्डका बलरले पेभिलियन फर्काइदिएका छन् ।

केएल राहुल र रोहित शर्मालाई म्याट हेनरीले आउट गरेका थिए । शर्मा ४ बलमा १ रन र राहुल ७ बलमा १ रन मात्रै बनाएर आउट भए ।

कप्तान विराट कोहलीलाई ट्रेन्ट बोल्टले आउट गरेका थिए । कोहलीले ६ बलमा १ रन मात्रै बनाए ।

५ रनमा ३ जना महत्वपूर्व ब्याट्सम्यान गुमाएपछि भारत निकै दबाबमा परेको छ ।

ताजा अवस्थामा भारतले ३ विकेटको क्षतिमा ९ ओभरको खेल हुँदा जम्मा १९ रन मात्रै जोड्न सफल भएको छ ।

 

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage