scheduleबुधवार श्रावण ८ गते, २०७६

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, गाडेको अवस्थामा शव फेला पर्‍यो


धनगढी, २५ असार । कैलालीमा एक महिलाले आफ्नो पूर्वप्रेमीको हत्या गरेकी छिन् । उनले हत्याको क्रममा आफ्नो पतिको पनि सहयोग लिएको प्रहरीले जनाएको छ ।

आइतबार भएको हत्याको कुरा बुधबार मात्र बाहिर आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चुरे गाउँपालिकाको वडा न‌ं. ६ मा पर्ने मडमा मजदूरी गर्दै आएका गुल्मी जिल्लाका अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या भएको हो ।

सोही ठाउँ बस्ने लालबहादुर लामा र उनकी श्रीमती कल्पना लामाले कुँवरको हत्या गरेको र मृतक कुँवर कल्पनाको पूर्वप्रेमी रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्या भएको तीन दिनपछि कुँवरको शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ । गत आइतबार असार २२ गते कल्पना र लालबहादुरले कुँवरको हत्या गरी नजिकैको सिमसेला खोला किनारामा गाडेका थिए ।

इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार कुँवरको शव उत्खनन गरी पोष्टमार्टमका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले सल्लाह गरेर कुँवरको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob