scheduleबुधवार श्रावण ८ गते, २०७६

भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

एजेन्सी, २५ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा न्युजिल्याण्डले भारतलाई १८ रनले हराएको हो । न्युजिल्याण्डको जितका लागि  म्याट हेनरीले ३ विकेट लिए । हेनरी म्यान अफ द म्याच समेत बने ।

मिचेल सेन्टनर र ट्रेन्ट बोल्टको नामा २/२ विकेट रह्यो । त्यस्तै जेम्स निशम र लक्की फर्गुसनले १/१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामु  २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

उक्त लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको भारतले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्रै जोडेको हो ।

भारतका लागि रबिन्द्र जडेजा र एमएस धोनीले उत्कृष्ट साझेदारी गरेका थिए ।  जडेजाले ५९ बलमा ७७ ४ चौका र ४ छक्कासहित ७७ रन बनाएर आउट भए ।  धोनीले ७२ बलमा १ छक्का र १ चौकासहित ५० रन बनाएर आउट भए । तर यो साझेदारी जितका लागि पर्याप्त भएन ।

यता रिसभ पन्तले ५४ बलमा ४ चौकासहित ३२ र हार्दिक पाण्याले ६२ बलमा २ चौकासहित ३२ रन बनाएर आउट भए । दिनेश कार्तिक ६ र विराट कोहली, रोहित शर्मा र केएल राहुल १/१ रन बनाएर आउट भए ।

केएल राहुल र रोहित शर्मालाई म्याट हेनरीले आउट गरेका थिए । शर्मा ४ बलमा १ रन र राहुल ७ बलमा १ रन मात्रै बनाएर आउट भए ।

पहिला ब्याटिङ गरेको न्युजिल्याण्डका लागि रस टेलरले ९० बलमा १ छक्का र ३ चौकासहित ७४ रन र केन विलियमसन ९५ बलमा ६ चौकासहित ६७ रन बनाएर आउट भए ।

त्यस्तै हेनरी निकल्स ५१ बलमा २ चौकासहित २८, कोलिन ग्र्यान्डम १० बलमा २ चौकासहित १६ र जेम्स निशम १८ बलमा १ चौकासहित १२ रन र टोम लाथाम ११ बलमा १० रन बनाएर आउट भए । म्याट हेनरीले २ बलमा १ र मार्टिन गप्टिल १४ बलमा १ रन मात्रै बनाएर आउट भए ।

मिचेल सेन्टनर ६ बलमा १ चौकासहित ९ रन र ट्रेन्ट बोल्ट ३ बलमा ३ रन बनाउँदै अविजित रहे ।

भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिएका थिए । रविन्द्र जडेजा, जसप्रित बुमराह, युजबेन्द्र चहल र हार्दिक पाण्याको नाममा १/१ विकेट रह्यो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob