scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

भोका बाँदर भान्सामा

काठमाडौँ, २६ असार ।  बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन् ।
बाँदरले मानिसका भान्सामा पसेर बबन्डर मच्चाउन थालेका छन् । बाँदरलाई कहिल्यै यसो गर्नु नपरोस् भनेर पृथ्वीनारायण शाहका कपरदार भोटू पाँडेले बाँदरका लागि मकै उब्जाउ गर्न राखेको काठमाडौँकै ३१ रोपनी रानीखेत अभिलेखमा मात्र सीमित भएपछि बाँदरलाई पनि भान्सामा पसेर मानिसको भातको थालै खोस्नुपर्ने अवस्था आएको छ ।
यो दृष्टान्त बाल विकास व्यवसायी केन्द्र सिफलमा आश्रित अनाथ र भूकम्पपीडित बालबालिकाले टड्कारो रूपमा भोगिरहेका छन् । यहाँ बालबालिकाले खान तयार भएको पस्किएकै थालको भात बाँदरले खोसेर हैरान गरिरहेको छ । लुगा सुकाउन पनि नपाइने अवस्था छ । जुत्तामोजा च्यातेर खोसेर हैरान गर्छ । ‘‘आनन्दपूर्वक खेल्नबस्न नै पाइँदैन, यसो खेल्यो बाँदर झम्टन आइपुग्छ,’’ आश्रमका बालबालिका हैरान हुँदै भन्छन् । रातमा जस्तामाथि बाँदर उफ्रेर बालबालिकाको निद्रा पनि पुग्दैन । व्यवसायी केन्द्रमा आवासीयतर्फ ५२ जना बालबालिका बस्दैआएका छन् ।
केन्द्रका भान्से वेदप्रसाद गौतमका अनुसार भातको औसानीसम्म पनि हाल्न दिँदैन । बाँदरले कहिले त भातको खड्कुलो नै जुठो गरिदिन्छ । कहिले थालै घिसारेर लैजान्छ । लुगाफाटा सुकाउन र ढोका बाहिर जुत्तामोजा राख्न पनि हुँदैन दौडाइहाल्छ । भान्से गौतम थप्नुहुन्छ, ‘‘भूकम्पपीडित बालबालिका पनि यहाँ छन् । भूकम्पको पीडा बिर्साउँ भन्यो बाँदरको अर्को पीडा थपिएको छ । बाल संरक्षण केन्द्रा बसेका मध्ये २२ बालबालिका भूकम्पपीडित अनाथ र असहाय छन् ।
उहिल्यै ५१ जनासम्मको दरबन्दी थियो, अहिले टुहुरा र पीडित गरी ११० बालबालिका यहाँ छन्, आवासीयतर्फ ५२ जना छन् । केन्द्र प्रमुख दानबहादुर बस्नेतका अनुसार बाँदर नजिकैको भण्डारखाल जङ्गलबाट भित्रन्छ । खान, बस्न, खेल्न र सुत्न नै दिँदैन बालबालिकालाई झम्टौँला जसो गरी तर्साइरहन्छ । केन्द्रसँगै जोडिएको बाल विकास केन्द्र माविमा पनि बाँदरको उपद्रवले हैरान गरेको छ ।
विद्यालयका कोअर्डिनेटर दीपक भुसाल भन्नुहुन्छ, ‘‘बाँदरले झम्टन आउँछ, विद्यार्थीलाई खाजा खान पनि दिँदैन खोस्न आइहाल्छ, कक्षाकोठाको झ्यालबाट हात पसाएर बाँदरले ख्याउ गर्न आउँछ । ’’ विद्यालयमा अध्ययनरत ३६० विद्यार्थीको विद्यालय परिसर प्रवेशको पहिलो चिन्ताको विषय नै आज बाँदरले के उपद्रव गर्ने हो भन्ने नै छ ।
यस्तै, त्रिपुरेश्वरमा पनि बाँदरले जोगीको अखडामा पसेर बस्नखान दिँदैन उदासी अखडाका महन्थ पुष्पदास महाराज भन्नुहुन्छ, ‘‘ राखनधरन केही गर्न पाइन्न, बाँदरले हैरानै पार्छ । ’’  गोरखापत्रमा खबर छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage