scheduleबुधवार श्रावण ८ गते, २०७६

विश्वकप क्रिकेटबाट बाहिरिएपछि विराट कोहलीले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ, २६ असार । एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएपछि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले प्रतिक्रिया दिएका छन् । न्युजिल्याण्डसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको भारतका ब्याट्सम्यानले झुर खेल पदर्शन गरेका थिए । न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटिएको थियो ।

कप्तान विराट कोहलीले भनेका छन्, ‘यो पराजयले हृदय टुटेको छ। सेमिफाइनलका लागि हामीले धेरै नै मेहनत गरेका थियौँ । क्रिकेटको खराब पक्ष तपाई प्रतियोगिताबाट बाहिरिनु हुन्छ । हामीले यसलाई स्विकार्नु पर्छ ।’

कप्तान विराट कोहली, ओपनर रोहित शर्मा र लोकेश राहुल एक एक रनमा आउट भएका थिए भने धोनी र जडेजाले भारतले लाज राखेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob