scheduleबुधवार मंसिर ४ गते, २०७६

डिभोक ओरिगीले लिभरपुल क्लबसँग नयाँ सम्झौता गरे

काठमाडौँ, २६ असार । लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका स्टार खेलाडी डिभोक ओरिगीले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।

दुई सिजन लोनमा बाहिर गएका ओरिगी गएको सिजन लिभरपुल फर्किएका थिए ।

गएको सिजन लिभरपुललाई महत्वपुर्ण खेल जिताउन अहम भुमिका खेलेका उनलाई क्लबले नयाँ अफरसहितको सम्झौतापत्र पेश गरेको थियो ।

सन् २०१४ मा लिभरपुल आएका उनले सम्झौता अवधि सकिन लागिरहँदा लिभरपुलमा नै बस्ने इच्छा देखाएका थिए ।

सन् २०१४ को विश्वकपमा राम्रो प्रर्दशन गरेपछि लिभरपुलले ओरिगीलाई १० मिलियन पाउण्डमा अनुबन्धन गरेका थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage