scheduleआइतवार मंसिर १ गते, २०७६

उपकुलपति खनिया भन्छन्- पत्रकारले रातो प्लाइउडलाई राटो कार्पेट देखे

काठमाडौं, २६ असार । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थ खनियाले हिलोमाथि रातो कार्पेट नबिछ्याएको बताएका छन् ।पत्रकारले रातो प्लाईउडलाई रातो कार्पेट देखेको समेत खनियाको भनाइ थियो ।

दाताहरुको  इच्छाअनुसार त्रिवि परिसरमा निर्मित सरस्वती मन्दिर उद्घाटन गर्न प्रधानमन्त्रीलाई आमन्त्रित गरिएको र बाटो हिलो भएले रातो प्लाइउड बिछ्याइएको खनियाको तर्क थियो ।

‘कार्यक्रमस्थल जाने बाटो पानी परेर अलिकति हिलो भएको थियो । हिलोमा त हिँडाउने कुरा भएन प्रमलाई । त्यसैले हामीले बाटोमा दुई–तीनवटा प्लाइउड ओछ्याइदिएका थियौं’, खनियाले भने,  ‘तर त्यसलाई रातो कार्पेट भनेर प्रचार गरियो । प्लाइउडलाई कार्पेट देख्ने मिडियाका कस्ता आँखा हुन् मैले बुझ्न सकेको छैन । आउँदै नआई, हेर्दै नहेरीकन पत्रकारहरुले प्लाइउडलाई कार्पेट भनेर लेखे ।’

पत्रकारहरुले भ्रामक समाचार लेखेपछि पत्रकारिता विभागका प्रमुखलाई समेत आफूले बोलाएर छलफल गरेको उनको भनाइ थियो ।

‘मैले पत्रकारिता विभाग प्रमुखलाई बोलाएर पनि सोधेँ । पत्रकारिता विषयको कोर्स पल्टाएर पनि हेरेँ । त्यहाँ प्लाइउडलाई रातो कार्पेट देख्नुपर्ने पढाइ देखिन मैले’, खनियाले भने, ‘त्यसैले पाठ्यक्रम, पाठ्यपुस्तकमा सुधार गर्नुस् भनेर पठाएँ । हामीले कमिटी पनि गठन गर्दैछौं ।’

पत्रकारिताको जगतमा नकरात्मक धारणा बढिरहेको भन्दै खनियाले भने, ‘यो विश्वविद्यालय संसारभरका एक हजारमा परेको छ । आफू पढेको विश्वविद्यालय आफ्नो आमा जस्तो हो नि । त्यो विश्वविद्यालयको खिल्ली उडाउँदा मजा मान्ने पत्रकार कसरी निकाल्नु भयो भनेर आज मैले विभाग प्रमुखसँग सोधेको छु ।’

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage